शनिबार , भाद्र १३, २०८३

एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनका जुलाई २९ मा हुने भएको छ । निर्धारित मितिमा चुनाव गराउन भन्दै एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष समेत रहनुभएका कानुनव्यवसायी टोनु घोतानेको नेतृत्वमा राष्ट्रिय निर्बाचन कमिटी र राज्यस्तरमा समेत निर्वाचन कमिटिलाई पूर्णता दिइएको हो ।

घोताने नेतृत्वको राष्ट्रिय निर्वाचन कमिटिमा राम श्रेष्ठ, निराजन गौली, डा.राजु मानन्धर, सचिन योञ्जन, माधव खरेल, डा. हेमन्त शर्मा, विनोद पौडेल, प्रदिप सुवेदी सदस्य रहनुभएको छ । यस्तै, क्वीन्सल्याण्ड राज्य निर्वाचन कमिसन संयोजकमा रितेश श्रेष्ठ, भिक्टोरियाका लागि डा.तिलक पोखरेल, साउथ अष्ट्रेलियामा कपिल पाण्डे, वेस्टर्न अष्ट्रेलियामा केदार रिजाल, ताजमानियामा रेवन्त बस्नेत, नर्दन टेरिटोरीमा दिनेश सापकोटा, न्युसाउथवेल्समा शिशिर नेपाल र अष्ट्रेलिया क्यापिटल टेरिटोरीमा जिवन राणा संयोजक तोकिनुभएको छ । निर्वाचन कमिटिले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गर्दै निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गराउनेगरि तयारी थालिएको जानकारि गराएको छ । निर्वाचन कमिटिले एनआरएनएलाई राजनीतिमुक्त संगठन बनाउने बिधानको व्यवस्थालाई बाईलज मार्फत कार्यान्वयनमा ल्याइएको जानकारि समेत गराएको छ । यो व्यवस्था लागू भएमा नेपालमा रहेका राजनीतिक दलको सदस्यता लिएका, कुनै भातृसंगठनमा आबद्ध भएकाहरुलाई एनआरएनए अष्ट्रेलियाको कार्यसमितिमा प्रवेशमाथी प्रतिबन्ध लाग्नेछ ।

एनआरएनए अष्ट्रेलियालाई गैह्र राजनीतिक सामाजिक संगठनका रुपमा विकास गर्न गहन छलफलपछि यो कदम चालिएको बताइएको छ । २०१७ देखी २०१९ सम्म एनआरएनए अष्ट्रेलियाको अध्यक्ष समेतको अनुभव हासिल गर्नुभएका ईलेक्सन कमिशनर घोतानेले निर्वाचनमा व्यक्तिगत वा समूहगत रुपमा उम्मेदवार दिन सकिने जानकारि गराउनुभएको छ । निर्वाचनलाई पूर्णरुपमा अनलाईन पद्धतीमा सम्पन्न गर्ने, भौतिक उपस्थितिमै गराउने वा मिश्रीत प्रक्रियामार्फत गराउने भन्ने बारे छलफल भैरहेको समेत घोतानेले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP