शनिबार , भाद्र १३, २०८३

मेलबर्न । अष्ट्रेलियास्थित मेलबर्नको पश्चिममा रहेको सनबरीमा गएराती ३.८ म्याग्निच्युडको भूकम्प गएको छ । मेलबर्नको सम्पूर्ण क्षेत्रमा धक्का महसुस गरिएको भएपनि क्षतिको विवरण भने अहिलेसम्म नआएको जियोसाइन्स अस्ट्रेलियाले जानकारि दिएको छ ।

आइतबार राति ११ बजेर ४१ मिनेटमा भूकम्प गएको बताइएको छ । केही घरका पर्खालमा सानो दरार देखिएपनि ठूलो क्षतिको विवरण नआएको संघीय प्रहरीले जानकारि दिएको छ । भिक्टोरियाको राज्य आपतकालीन सेवा (एसईएस) ले बिहान धेरै भवनहरूमा भएको क्षतिको अनुसन्धान थालेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सम्भावित परकम्पहरूको लागि तयार रहन आग्रह गर्दै ठूलो परकम्पको समयमा धैर्यसहित भुइँमा बस्न, बलियो टेबुल वा फर्निचरको आडमा बस्न र हल्लाउन बन्द नभएसम्म भागदौड नगर्न भन्दै एसईएसले सबैलाई सचेत गराएको छ ।

जियोसाइन्स अस्ट्रेलियाले दिएको जानकारि अनुसार मेलबर्न सहरमा गएको आइतबार रातिको भूकम्प १०० वर्षयताकै ठूलो हो । यो केहि सेकेन्ड मात्र चलेको र मध्य मेलबर्नका बासिन्दाहरूले प्रभाव महसुस गरेपनि छोटो समयको धक्काका कारण ठूलो क्षति नभएको आँकलन गरिएको छ । सनबरी सहरबाट ४० किलोमिटर उत्तर–पश्चिममा भूकम्प गएको भएपनि तीन किलोमिटर गहिराईमा गएको भूकम्प केही सेकेण्ड मात्रै महशुस भएको थियो । राती गएको भूकम्पका कारण २० औँ हजार नागरिकको निन्द्रा खलबलिएको थियो ।

जियोसाइन्स अस्ट्रेलियामा आएको बिवरण अनुसार भूकम्पको धक्का सनबरीदेखि तस्मानियाको होबर्ट र एडिलेडको एसआरसी क्षेत्रसम्म महसुस गरिएको थियो । भिक्टोरियन एसईएसका प्रमुख अपरेसन अफिसर टिम वाइबुचले धेरै मानिसहरूले भूकम्पको धक्का महसुस गरेको भएपनि भवनमा क्षति पुगेको वा चोटपटक लागेको कुनै रिपोर्ट प्राप्त नभएको जानकारि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP