मंगलबार , भाद्र १६, २०८३

काठमाडौँः झुटो आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नै पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन्।

‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार खोज्ने प्रयास गरेको छु,’ ढकालले मुद्दा दर्तापछि भने।

ढकालले काठमाडौँ जिल्ला अदालतमा वकिल सुमन न्यौपानेमार्फत मुद्दा दर्ता गराएका हुन्।

केही दिनअघि श्रेष्ठले आफू सांसद बन्न रास्वपाका ढकाल र उपसभापति डोलप्रसाद अर्याललाई ३ करोड रुपैयाँ बुझाएको समाचार सार्वजनिक भएको थियो।

तर उक्त समाचार झुटो भएको भन्दै श्रेष्ठले विज्ञप्ति निकालेका थिए।

विवादास्पद व्यावसायी दुर्गा प्रसाईंसँग सांसद हुन आर्थिक लेनदेन गरेको भन्दै पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निकालेको थियो। त्यसअघि उनले पार्टीले आफूलाई कारबाही गरे रकम बुझ्ने पार्टीका कोर टिमको नाम सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP