शनिबार , जेठ २५, २०८२

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी उडानको अनुमति पाएको छ । सिड्नी एयरपोर्टले बिहीबार र शनिबार निर्धारित गरी हप्तामा दुई उडानका लागि अनुमति दिएको हो ।

निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। एयरलाइन्सले सिङ्गापुरको ट्रान्जिटमा काठमाडौँदेखि सिड्नी उडान गर्ने एभियन थ्रस्टले जनाएको छ ।

निगमले हाल यात्रु सेवाका लागि जनरल सेल्स एजेन्ट (जिएसए) र खानपान कम्पनीहरू र सिंगापुर र सिड्नी एयरपोर्टहरूका लागि इन्धन आपूर्तिकर्ता र मेन्टेनन्स, मर्मत र ओभरहाल (एमआरओ) प्रदायकहरू छनौटको कार्य गरिरहेको छ।

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।

यस अघि अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडानका लागि नेपाली दूतावास क्यानबेराले नेपाल एयरलाईन्सको नाम पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP