शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गरेका छन् ।

बिहीबार वसन्तपुरमा आयोजित भ्रष्टाचारविरुद्धको सभालाई सम्बोधन गर्दै उनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने बताए । यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनको भनाइ छ ।

कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उनको भनाइ छ ।

ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला दलका नेताहरूको संलग्नता देखिएकै कारण टुंगो लाग्न नसकेको बताएका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशको चासोका कारण अनुसन्धान भएको बताए । तर, यसको पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको लिङ्देनको आशंका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP