मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गरेका छन् ।

बिहीबार वसन्तपुरमा आयोजित भ्रष्टाचारविरुद्धको सभालाई सम्बोधन गर्दै उनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने बताए । यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनको भनाइ छ ।

कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उनको भनाइ छ ।

ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला दलका नेताहरूको संलग्नता देखिएकै कारण टुंगो लाग्न नसकेको बताएका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशको चासोका कारण अनुसन्धान भएको बताए । तर, यसको पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको लिङ्देनको आशंका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP