आइतबार , असार १, २०८२

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम पोलिएका तीन प्रभावशाली व्यक्तिलाई तत्काल पक्राउ गर्ने प्रमाण नजुटे पनि प्रहरीले तीनै जनालाई सुरक्षा निगरानीमा राखेको खुलेको छ।

प्रमाण जुटेको अवस्थामा पक्राउ गर्न सहज बनाउन प्रहरीले अख्तितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र कांग्रेसका दुई सांसद् आरजु राणा र मन्जु खाँणलाई प्रहरी निगरानीमा राखेको हो।

उनीहरू नभागुन् भनेर प्रहरीले हवाई तथा स्थलमार्ग दुवैतिर निगरानी बढाउँदै उनीहरूको दैनिक गतिविधिलाई समेत निगरानीमा राखेको अनुसन्धान सम्बद्ध स्रोतले उकेरासँगको कुराकानीमा पुष्टि गर्यो।

‘अनुसन्धानको दायरामा रहेका जति छन् ती सबै काठमाडौंमै छन्। कतै भाग्नसक्ने अवस्था छैन,’ नाम उल्लेख नगर्ने शर्तमा एक सुरक्षा अधिकारीले भने, ‘पक्राउ गर्न आवश्यक प्रमाण नजुटेसम्म निगरानी कायमै रहन्छ।’

प्रमुख आयुक्त राईको हकमा पक्राउ परेका आरोपीमध्ये एक व्यक्तिले जानकारी दिएको खुल्यो।

छुटेका भुटानी नागरिकको प्रमाणीकरणको आवरणमा रचिएको ठगीको योजनामा प्रस्ताव बनाउने, निर्णय गराउने अनि समिति गठन गराउन राईको संलग्नता देखिएको छ।

तर, समितिले बुझाएको प्रतिवेदनमै नक्कली भुटानी शरणार्थीको नाम समावेश नगरी पछि संशोधन गरेर नक्कली प्रतिवेदन बनाएको खुलेपछि समिति गठनमा संलग्नतालाई नै प्रमाण मान्न सक्ने अवस्था देखिएन।

केही आरोपीले योजनाअनुसार समिति गठन, प्रतिवेदन लेखन लगायतबारे राईसँग छलफल भएको बयान दिएका छन्। तर बयानलाई समर्थन गर्ने थप प्रमाण फेला परेको छैन।

प्रेम राईले ईन्द्रजित राईमार्फत काम गराएको, अख्तियारका प्रमुख आयुक्त भएपछि ईन्द्रजितको नाम राखेर परेको उजुरी दिने व्यक्तिलाई बोलाएर रकम फिर्ता गराएर नयाँ उजुरी दिन लगाएको लगायतका जानकारी प्रहरी अनुसन्धानमा खुलेको देखियो। तर, त्यसलाई पुष्टि हुने प्रमाण खुलेका छैनन्।

ईन्द्रजित राईले गिरोहसँग बुझेको पाँच करोड बढि रकम प्रेम राई लगायतका तत्कालीन गृह नेतृत्वका लागि समेत भएको दाबी आएका छन्।

तर, ईन्द्रजितले यसबारे मुख खोलेका छैनन्। उनीबाट पुष्टि गर्न सकिने थप प्रमाण बरामद भइसकेको देखिएन।

कांग्रेस सांसद् आरजु र मन्जुको हकमा अडियो फेला परेको तर त्यसलाई पुष्टि गर्ने प्रमाण फेला परिनसकेको प्रहरी स्रोतले बतायो।

‘छ करोड अनि साढे दुई करोड रकम दिएको भनिए पनि कसरी दिएको खुलेको छैन,’ स्रोत भन्छ, ‘पैसा चेकबाट भुक्तानी भएको प्रमाण फेला परेको छैन। नगद दिएको हो भन्ने विश्वासिलो आधार अझै देखिएन। अनुसन्धान भने जारी छ।’

पक्राउ परेका आरोपीको बयान र उनीहरूको बासस्थान त मोबाइलबाट बरामद भएको प्रमाणका आधारमा नाम पोलिएकाको संलग्नताको प्रमाण खुल्ने गरेका छन्। प्रेम राईको हकमा ईन्द्रजितबाट प्रहरीले सहयोग पाएको देखिएन।

आरजु र मन्जुको हकमा बालकृष्णको मोबाइल डिटेल, घरबाट बरामद हुनसक्ने प्रमाण वा बयानबाट मात्र प्रमाण जुट्नसक्ने देखिएको छ।

तीन जनामध्ये राई र आरजु सार्वजनिकै छन्। उनीहरू सम्पर्कविहीन भएका छैनन्। तर मन्जु सम्पर्कमा छैनन्। उनका दुवै छोरा विदेशमा रहेकाले विदेश जानसक्ने आशंकामा प्रहरीले हवाई नाकामा उनीमाथि निगरानी बढाइसकेको देखियो।

Source:Ukeraa

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 124 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु