मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि निष्पक्ष छानबिन र अनुसन्धानको माग गरेको छ । बुधबार साँझ सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले पार्टीका नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा आरोपितका रुपमा रहेको र उनीमाथि अनुसन्धान भइरहेको बताए ।

‘उहाँ फरार हुनुभएको होइन, उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यो भनेको उहाँ दोषी ठहर भइसक्नुभएको होइन,’ उनले भने, ‘हाम्रो बैठक आकस्मिक होइन । हामी पार्टीका भ्रातृ संगठनका विषयमा छलफल गर्न पहिल्यै बैठक बस्ने तयारी थियौँ । यद्यपि बैठकमा उहाँ पक्राउ पर्नुभएको विषयमा छलफल भयो । यो विषयमा हाम्रो भनाइ यत्ति हो कि उहाँमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ । यो मुद्दामा जो पनि दोषी छन् दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिल्नुपर्छ ।’

उनले खाँण पक्राउ पर्नु र पार्टीको बैठक बस्नु संयोगमात्रै भएको दाबी गरे । प्रवक्ता महतले बैठकमा त्यसबारे सामान्य छलफल भए पनि पार्टीमा निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।

‘शरणार्थी प्रकरणमा उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । उहाँले आफैं अनुसन्धानमा सहयोग पुर्‍याउँछु भन्नुभएको छ,’ उनले भने, ‘पहिले अनुसन्धान होस् त्यसपछि उहाँ दोषी ठहर भएको अवस्थामा हामीले पार्टीमा राखिराख्नु नै पर्दैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP