मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।

रन्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतका कांग्रेस नेताहरुको टीमले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाएका हुन् । सोही क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार गम्भीर भएर लाग्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च तहका कर्मचारी मुछिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP