शनिबार , भाद्र १३, २०८३

ब्रिजबेन । अष्ट्रेलियामा एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्नेहरुले अब स्पोन्सर स्कील भिषा हुँदै दुई वर्षमै पीआर पाउने भएका छन् । संघीय सरकारकी एजकेयर मन्त्री अनिका वेल्सले एजकेयर इन्डस्ट्रिज लेवर एग्रिमेन्ट अन्तर्गत यस्तो कानुनी व्यवस्था गर्न लागिएको जानकारि दिनुभएको हो ।

ग्रामिण क्षेत्रमा काम गर्ने एजकेयर कामदारलाई पीआर दिनेगरि डामा योजना ल्याइएको थियो । रजिष्ट्रर माइग्रेसन एजेन्टले यो डामा जस्तै व्यवस्था भएपनि अंग्रेजी भाषा र आम्दानीमा छुट दिइएको व्यवस्था भने अन्य कानुनी व्यवस्था पछि मात्रै खुल्ने जानकारि दिएका छन् । यसका लागि एजकेयर र डिजाबिलिटी कम्पनीहरुले नर्सिङ युनियनसँग सम्झौता गरेर प्रक्रिया अघि बढाउनुपर्नेछ । अहिले नै सम्झौता भएका कम्पनीमा काम गर्नेहरुले दुई वर्ष कार्यरत रहेको पुरा भएमा अहिले नै प्रक्रिया थाल्न पाउनेछन् ।

तपाईले विगत दुई वर्षअघिदेखी एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने यो कानुनी प्रक्रियाका लागि विश्वासिलो माईग्रेसन एजेण्डमार्फत थप सहयोग लिन सक्नुहुनेछ । अष्ट्रेलियामा दक्ष कामदारको अभाव बढिरहेको समयमा यस्तो नियममार्फत कामदारको अभाव पूर्ती गर्न लागिएको समेत आँकलन गरिएको छ ।

@NEpaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP