मंगलबार , बैसाख २९, २०८३

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्।

बुधबार पक्राउ पुर्जी जारी भएका उनी बिहीबार प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीको अपेक्षा थियो।

प्रहरी उच्च स्रोतका अनुसार बिहीबार साँझसम्म सम्पर्कमा नआएर उनी फरार भएका हुन्।

‘उहाँ आफैं प्रहरीकोमा आउने कुरा थियो। तर बिहीबार साँझसम्म आउनुभएन,’ प्रहरी उच्च स्रोतले भन्यो,‘पक्राउ पुर्जी जारी भइसकेको सांसदजस्तो मान्छे सम्पर्कविहीन भएपछि उहाँ अब फरारको सूचीमा पर्नुभयो।’

बुधबार साँझ गृहजिल्ला अर्घाखाँचीमा भएको एउटा कार्यक्रम सकेर रायमाझी बुटवल आएका थिए। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए। पछिल्लो समय उनको फोन स्विच अफ छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र रायमाझी अर्घाखाँचीको कार्यक्रममा सँगै थिए। उनीहरू दुई जना सँगै बुटवलसम्म आएका थिए।

रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए।

पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको रूपन्देही प्रहरीको भनाइ छ।

प्रहरीले बिहीबारदेखि उनको खोजी गरिरहेको छ। रायमाझी फरार भए पनि यो प्रकरणक अनुसन्धान निरन्तर अघि बढ्ने प्रहरीको भनाइ छ।

यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि अहिलेसम्म प्रहरी पक्राउ गरेको छैन।

प्रहरीले प्रतीकलाई पनि खोजिरहेको छ। उनी कहाँ छन् भन्ने अहिलेसम्म एकिन छैन।

पक्राउ पुर्जी जारी भएपछि बिहीबार एक वक्तव्य जारी गर्दै प्रतीकले आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

यसैबीच बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका थिए।

चार वर्षअघिको प्रकरणमा अहिले सांसद रायमाझीलाई समाउनु पर्ने अवस्था आउनु रहस्यपूर्ण भएको ओलीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP