शनिबार , भाद्र १३, २०८३

अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले आगामी मे ५ तारिख शुक्रबारका दिन सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समूदायसँग अन्तरक्रिया गर्ने भएको छ । अष्ट्रेलियाको नेपाली समूदायले यहाँका नेपालीमूलका पत्रकारहरुसँग राखेको अपेक्षा, एन्जाको धारणा एवं अहिलेको पत्रकारिताका आयामहरुबारे चर्चा गरिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल रहनुहुनेछ भने न्यूसाउथवेल्स राज्यमा रही क्रियाशील समूदायका अग्रजहरु सबैलाई आमन्त्रण गरिएको संस्थाका महासचिव नारायण खड्काले जानकारी दिए । सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा शुक्रबार साँझ ६ बजेदेखि हुने कार्यक्रमको तयारी जोडतोडले अघि बढिरहेको जानकारी संस्थाका कोषाध्यक्ष खगेन्द्र सत्यालले दिएका छन् । उनका अनुसार यस पटकको यो सामूदायिक कार्यक्रमका लागि ब्राईटन कलेजले फ्रिडम ईभेन्ट पार्टनरका रुपमा सघाएको छ । ब्राईटन कलेज ब्रिसबेन, मेलबर्न र तास्मानियामा सञ्चालित छ । सन् २०१६ मा स्थापना भएको कलेजमा २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु समेत अध्ययन गरिरहेका छन् ।

कार्यक्रमका संयोजक कृष्ण तिवारीले फ्रिडम सपोर्टरका रुपमा एनआरएन अष्ट्रेलिया, न्यूसाउथवेल्स महावाणिज्यदूतको कार्यालय र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको जानकारी दिए । यस्तै सपोर्टरका रुपमा एविसी ग्लोबल, अस स्टडिज, ईन्ट्याक्ट माईग्रेसन सर्भिसेज र केविए ग्लोबल अटाएका छन् ।

काफ्ले र आचार्यलाई एवार्ड

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नै टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारको पहिलो संस्करण समेत हस्तान्तरण गरिने भएको छ । एक हजार डलर राशीको पुरस्कार पहिलो पटक एन्जाका पूर्वअध्यक्षहरु हेमन्त काफ्ले र ऋषि आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अष्ट्रेलियामा रही यहाँको समूदायसँग निकट सम्बन्ध राख्दै पत्रकारिताको लामो अभ्यास गरेका आधारमा उहाँहरुलाई सम्मान गर्न लागिएको एन्जाका सचिव सरल गुरुंगले जानकारी दिए । हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई एवार्ड र नगदसहित सम्मान गर्ने गरिन्छ ।

एन्जा अष्ट्रेलियाका अध्यक्ष चिरञ्जीवी देवकोटाले कार्यक्रममा सबैलाई निम्तो पठाइसकिएको र सबैको सहभागिताका लागि आह्वान गरेका छन् । वर्षभरि पत्रकारहरुले समूदाय र समाजका लागि क्रियाशील रहनेभएकाले कम्तिमा वर्षमा एक दिन समूदायले पत्रकारका लागि समय दिनुपर्ने उहाँको धारणा छ । विश्व प्रेस स्वतन्त्रता दिवसमा हामीले गर्दै आएको पत्रकारिता कर्म र यसलाई समूदायले कसरी लिएको छ भन्ने एउटा समिक्षात्मक बसाई हुनेछ भन्ने आफुले अपेक्षा गरेको अध्यक्ष देवकोटाले बताउनुभयो । साथै, समूदाय हाम्रा लागि हो र हामी समूदायका लागि हौं भन्ने भावना क्रियाशील पत्रकारमा बढाउनका लागि स्थापित पत्रकारिता एवार्डले भूमिका खेल्ने विश्वास पनि देवकोटाको छ ।

अष्ट्रेलियामा रही नेपाली सामूदायिक पत्रकारिता गर्ने २० भन्दा बढी संस्थाहरु छन् भने ५० भन्दा बढी पत्रकारले यी संस्थामा आबद्धता जनाएका छन् । यस्तै नेपालबाट प्रकाशित पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुको अष्ट्रेलिया प्रतिनिधिका रुपमा समेत केही पत्रकार क्रियाशील छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP