
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै नेताबीच भेटवार्ता भएको हो ।
वैशाख १० गतेको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन चाहेको र रास्वपाले केही माग राखेकाले यी विषयमा छलफल भएको स्रोतले जनाएको छ ।