मंगलबार , बैसाख २९, २०८३

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहिबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ नराख्ने बताए । अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन्दोलनको कुनै औचित्य नहुने स्पष्ट पारे ।

प्रदेश सबैको साझा भएकाले प्रदेश सभाको दुई तिहाई मतले साझा नाम कोशी नामकरण गरेको भन्दै उनले अब नाम परिवर्तन गर्नुपर्ने भए जनताको मत जितेर दुई तिहाई पुर्‍याउन आन्दोलनकारीलाई सुुझाव दिए । ‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो, सबै दलले दुईतिहाईभन्दा बढी मतले पास गरेको हो,’ अध्यक्ष ओलीले भने, ‘नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाई ल्याउनुुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं ।’

कालो झण्डा देखाउँने ९ जना पक्राउ
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँने नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको हो ।

बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई चोक बजारमा कालोझन्डा देखाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । युवा संघका कार्यकर्ता र कोशी नाम खारेज माग गर्ने प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेको हो । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशका ८२ सांसदले कोशी नामको पक्षमा मतदान गरेका छन् । नामकरण पश्चात यसको स्वागत र विरोध दुवै हुदै आएको छ । पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । तर, आन्दोलन अराजक बन्दै जाँदा यसको आलोचना पनि बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP