मंगलबार , बैसाख २९, २०८३

नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन प्रर्वद्धन गर्न सहयोग मिल्ने अपेक्षा सहित बोर्डले यो पहल गरेको हो । यसका लागि बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी,लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाण्डौमा उच्चस्तरिय छलफल सम्पन्न गरेको छ । छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
छलफल कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमार बीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताउनु भयो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेशलन एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट,सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफुहरु तयार रहको बताउनु भयो । उहाँले सिधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिनसक्ने बताउनु भयो ।
यस्तै म्यामारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमार भैरहवा सिधा उडानबारे म्यानमारको सरकारीपक्षसंग सम्बाद भइरहको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सिधा उडान गर्नेबारे आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
म्यामारको नेशनल एअरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफुले गौतमबुद्ध विमानस्थल निरक्षण गरेर फर्किएको र सिधा उडानबारे आफुहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले यसको लागि आवश्यक प्राविधिक तथा व्यवसायिक योजनाकासाथ छलफल अगाडि बढाइने समेत बताउनु भयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा सिधा उडान गर्न सके धार्मिक पर्यटन प्रर्वद्धन गर्न सघाउपुग्ने उद्देश्यले बोर्डको पहलमा कार्यक्रम आयोजना गरिएको र छलफल सकारात्मक भएको बताउनु भयो ।
उहाँले यो छलफलपछि सिधा उडाननका नयाँ सम्भावना, व्यापार व्यवसाय तथा अनय पक्षबारे थप छलफल गर्ने बाटो खुलेको समेत बताउनु भयो । ‘ लुम्बिनीलाइ केन्द्रमा राखेर ठूलो लगानीमा विमानस्थल बनेको छ । तर बुद्धिस्ट कन्ट्रिबाट नै उडान छैनन् । यो अवस्थामा विमानस्थल संचालन तथा लुम्बिनीको पर्यटन प्रर्वटनका लागि हामीले यो पहल गरेका हौं । छलफल सकारात्मक रहेकोले यसले छिट्टै नयाँ सम्भावनाको ढोका खोलनेमा हामी हामी आशाबादी छौं ।’ उहाँले भन्नु भयो ।
छलफल कार्यक्रममा नेपाल म्यामार उद्योग वाणिज्य संघका अध्यक्ष शिव कुमार अग्रवाल, प्रथम उपाध्यक्ष रतनलाल अग्रवाल, पर्यटन व्यवसायी तुलसी ज्ञवाली, मोहन बीर थापा लगायतले नेपाल म्यानमार सम्बन्धको चर्चा गर्दै म्यानमारबाट सिधा उडान हुन पर्यटनका साथै अन्य आर्थिक गतिविध समेत बढने बताउनु भएको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टि.पि.भुसालले जानकारी दिनुभयो । यसैबीच नेपालका लागि म्यानमारका राजदूत सेन ओले सहित म्यानमारबाट आएको टोलीले आजै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मनत्री सुदन किरातीसँग भेटघाट गर्ने कार्यक्रम रहेको र यस विषयमा मन्त्रीसंग पनि थप छलफल हुने मिडिया कन्सल्टेन्ट भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP