सोमबार , भाद्र १५, २०८३

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेस प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखका छन्, ‘चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको ।’

यहाँ प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान नरहेको टिप्पणी गर्दै उनले थप लेखेका छन्, ‘मधेस प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैँ बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु।’

जनमत पार्टीले छाडेको मन्त्रालय काँग्रेसले लिने भएपछि सरकार तथा गठबन्धनमा जनमत नरहने समाचार बाहिर आएसँगै अध्यक्ष राउतको यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP