मंगलबार , अषोज २७, २०८३

एजेन्सी : अस्ट्रेलियाले सरकारी डिभाइसबाट टिकटक चलाउन प्रतिबन्ध लगाएको छ।

देशको गुप्तचर र सुरक्षा निकायको सुझावमा सरकारी डिभाइस र उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।

सुरक्षाका कारण देखाउँदै यसअघि अमेरिका, क्यानडा, इंल्याण्ड र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्।

युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघ लगायत प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।

साथै गोपनीयता र सुरक्षाको कारण देखाउँदै भारतले सन् २०२० मा टिकटक र वी च्याट जस्ता दर्जनौं चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP