शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं / नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कर तिर्न उद्योग व्यवसायमा निराश बढेकाले देश नै गम्भीर बिरामी अवस्थामा पुगेको बताए । देशको आर्थिक अवस्था सुधार्न र जनताको समस्या समाधान गर्न दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पनि चुनौती बढेको बताउँदै उनले गणतन्त्र र अर्थतन्त्रमाथि संकट आउँदा बाह्य कारण खोजेर मात्रै समाधान नहुने बताए ।

गणतन्त्र र अर्थतन्त्रमा आएको चुनौतीको कारण स्वयं राजनीतिक दलहरु रहेका र समाधानका लागि पनि दलहरु नै जिम्मेवार र नैतिक आत्मबोध गरेर गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP