मंगलबार , अषोज २७, २०८३

ब्रिजबेन । तपाई अष्ट्रेलियामा हुनुहुन्छ र नेपाली, भारतीय अनि एशियन फुड खादै हुनुहुन्छ भने सचेत बन्नुपर्ने भएको छ । अष्ट्रेलियामा रहेका नेपाली, भारतीय र एशियन ग्रोसरी सपबाट म्याद गुज्रिएपछि समेत खाद्यान्न बेचबिखन भैरहेको पाइएको हो ।

तपाई यस्ता पसलबाट किनमेल गर्दै हुनुहुन्छ भने उत्पादन र म्याद गुज्रिने मिति स्पष्ट गरेर मात्रै खानेकुरा किन्न र खानुहोला । ब्रिजबेनमा ग्रोसरी पसल चलाउने विपिन कार्कीले अखाद्य वस्तु बेच्नेविरुद्ध अभियान नै चलाएर सबैलाई सचेत गराइरहनुभएको छ । नेपाल ट्युब अष्ट्रेलियाले समेत म्याद गुज्रिएका खाद्यवस्त पसलपसलमा पुर्याएर बिक्रि भैरहेको तथ्य फेला पारेको छ । कुनै पनि खाद्य वस्तुमा युज बाईका नाममा मिति टासिएको छ भने म्याद गुज्रिएपछि खान मिल्दैन । बेस्ट विफोर मिति हालिएका खाद्य वस्तु खान मिले पनि गुणस्तरिय नहुनसक्छन् । अष्ट्रेलियामा बेचिने खाद्य सामाग्रीमा कन्ट्री अफ वरिजिनको विवरण समेत टाँसिनुपर्ने कानुनी प्रावधान छ ।

जनस्वास्थ्यमाथी खेलवाड गर्नेलाई यस्तो हुनसक्छ कानुनी कारबाही
जानाजान मानव स्वास्थ्यमा खेलवाड गर्नेगरि म्याद गुज्रिएका वा अखाद्य वस्तु विक्रि वितरण गरेको पाइएमा अष्ट्रेलियाको कानुन अनुसार २ वर्षसम्म कैद, एक लाख जरिवाना वा दुबै सजाय हुनसक्छ । संस्थागत रुपमै यस्तो लापरबाही गरिएको पुष्टि भएमा ५ लाख जरिवाना तिर्नुपर्ने हुन्छ ।

तपाईको स्वास्थ्यमाथी खेलवाड गर्नेबारे उजूरी दिन चाहानुहुन्छ अष्ट्रेलियन कम्पिटिसन एण्ड कञ्जुमर कमिशनको यो लिंकमा जानुहोला ।
आम उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरेर आफूपनि जरिवाना र जेलको भागिदार नबनौँ, उपभोक्तासँगै विक्रेता समेत सचेत बनौँ ।

Source: NepalTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP