मंगलबार , अषोज २७, २०८३

गत वर्ष उत्तर-पश्चिमी सिड्नीको वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूमाथि हातपात गरेको मुद्दाको फैसलामा अदालतले पूर्व नर्सिङ असिस्टेन्ट अस्मिता पाण्डेलाई कुल ८ महिना कारावास सजाय सुनाएको छ।

एपिङस्थित एस्टिया हेल्थका वृद्ध निवासीहरूलाई कुटपिट गरेको आरोप सम्बन्धी मुद्दामा पारामाटाको स्थानीय अदालतले शुक्रवार (१८ मार्च) अस्मिता पाण्डेलाई सामान्य आक्रमणको आरोपमा कुल ८ महिनाको कैद सजाय सुनाएको छ।
सम्बन्धित सामाग्री

एज्ड केयरका वृद्धहरूलाई पिटेको आरोप पूर्व नर्सिङ असिस्टेन्ट अस्मिता पाण्डेद्वारा स्वीकार

साथै अप्रिहेन्डेड डोमेस्टिक भायोलेन्स अर्डर (एडीभीओ) अन्तर्गत पाण्डेले पीडितहरू प्रति प्रस्तुत गर्ने व्यवहारहरूमा पनि २ वर्षका लागि प्रतिबन्धहरू लगाएको छ।

पीडितको निकट रहेका व्यक्तिहरूबाट नै दुर्व्यवहार भएको अवस्थामा अदालतद्वारा पीडितको सुरक्षार्थ यो (एडीभीओ) आदेश दिइने गरिन्छ।

जस अन्तर्गत पाण्डेले पीडितहरू जोन मर्रे, थर्जिना मेरी मोरिसन र रिटा डन बललाई आक्रमण वा धम्की दिन नपाउने, पछ्याउन, दुख दिन वा डर देखाउन नपाउने उल्लेख छ।

त्यस्तै फैसलाका अनुसार पाण्डेले पीडितहरूलाई सम्पर्क गर्दा वकिल मार्फत मात्र गर्न पाउने छिन्।

पाण्डेले पीडितहरू बस्ने र काम गर्ने स्थानमा जान पाउने छैनन् भने न्यु साउथ वेल्सको एपिङ जान बाट पनि प्रतिबन्धित गरिएको छ।

सामान्य आक्रमण सम्बन्धी फैसलामा उल्लेख गरिएको ८ महिनाको कारावास सजाय १७ मार्च देखि लागु भएको छ भने सन् २०२३ को १६ नोभेम्बरसम्म रहने छ।

१९९९ को आपराधिक क्रियाकलाप अन्तर्गत सजाय लागु गराउने सम्बन्धमा रहेको दफा ९३ को इन्टेन्सिभ करेक्सन अर्डर (आइसीओ) व्यवस्था अनुसार कारावासको उक्त समयावधिमा समुदायमा रहेर सुध्रिन पाइनेछ।

तर पाण्डेले आइसीओ सँगै सामुदायिक कार्यमा ३० घण्टा बिताउनु पर्ने निर्णय थपिएको छ।

@SbsNews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP