सोमबार , भाद्र १५, २०८३

काठमाडौँ । सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो । विश्वासको मत दिनेबारे दलहरुबीच एक मत हुने सहमति बनेसँगै केही दलहरूले आज नै सत्ता साझेदारीको कुरा पनि टुङ्ग्याउनुपर्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्री आफैले विश्वासको मत अघि यी विषयमा छलफल गर्न उपयुक्त नहुने बताएका थिए ।

Laxmi bank
बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले रातोपाटीसँग भने, ‘आजको बैठकमा विश्वासको मतबारे मात्र छलफल भयो । विश्वासको मत दिनेबारे सबै दल सहमत भएका छन् । विश्वासको मत सकिएको भोलिपल्टबाट सत्ता सहकार्यबारे छलफल हुन्छ ।’

Nabil bank
‘केही दलले यसलाई आजै टुंगो लगाऔँ भन्ने कुरा उठाएका थिए । तर प्रधानमन्त्रीले विश्वासको मतपछि यसबारे छलफल गर्ने बताउनुभयो । त्यसपछि दलहरूले आ–आफ्नो धारणा राख्ने काम भयो । अनि बैठक सकियो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP