
गुरुगं दाम्पती दुवै Nightcliff Parkrun मा नियमित धावक हुन र उल्लेखनीय रुपमा स्वयमसेवकको काम पनि गरिरहेकाछन। दुवैजना पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागि भई कर्मथलो डार्विन मा भर्खरै फर्केका हुन। भु पु खेलाडि मन्च नेपालले यसै बर्षबाट गुरुगंलाई अष्ट्रेलिय संयोजकको जिम्मा दिएको हो।
यस पटक छोटो समय भएपनि केहि आर्थिक सहयोग जुटाउन सकेको र करीब १० जना धावकहरुको सहभागिता गराउन सकेको र अब अर्को बर्षको लागि अहिले बाटै प्रचार प्रसार र संयोजनमा लाग्न थालेकोले धेरै ठुलो सहभागिता हुने कुरामा चन्द्र प्रकाश गुरुगं ढुक्क छन।
अष्ट्रेलियाबाट यस पटक NRNA Australia को तर्फबाट
ने रु ५००००/- र Team Nepal Darwin का सदस्यहरुबाट संकलित ने रु ५१०००/- आर्थिक सहयोग भएको थियो भने पोखरा समाज सिडनी बाट पनि ने रु २५०००/- सहयोग भएको थियो।
नेपाल भुतपुर्व खेलाडि मन्चले एक कार्यक्रमको आयोजना गरी बिदेशबाट सहयोग गर्नेहरुलाई प्रशंसा पत्र सहित धन्यबाद दिदै बिदाई गरेका थिए।
पोखरा र सिंगों नेपाललाई नै खेलकुद मर्फथ बिश्वमा चिनाउन सक्ने यस प्रतियोगिताले पर्यटन बिकासमा पनि ठुलो भुमिका खेल्दछ। Purakhabar भुपु खेलाडि मंचको यस अन्तराष्ट्रीय म्याराथन प्रतियोगिताको अनवरत संफलताको कामना गर्दछ।