शनिबार , बैसाख १३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ रुपमा राजनीतिक कोर्स अगाडि बढ्न खोजेको आफूहरुको जानकारीमा रहेको बताएका छन् ।

शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् । नयाँ राजनीतिक कोर्समा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको सभापति लामिछानेको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपतिबारे शुक्रबारसम्म आफ्नो पार्टीले निर्णय नलिनुको कारण ठूला दलहरुले राष्ट्रपतिमा कुनै एक व्यक्तिका नाममा सहमति गर्छन कि भन्ने रहेको पनि उनले सुनाए । उनी अझै आशावादी छन्, ‘८ दलको संयन्त्र बन्यो र कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भन्ने आएको छ । न भोलि (शनिबारबार)सम्म एउटा उम्मेदवार (कांग्रेसकै उम्मेदवार)को पक्षमा सबै ठूला दलहरु एक हुन्छन् कि ।’ आफ्नो पार्टी शनिबारसम्म राष्ट्रपतिका सन्दर्भमा एउटा ठोस निर्णयमा पुग्न प्रयास गर्ने सभापति लामिछानेले बताएका छन् ।

शनिबारको ८ दलको बैठकमा आफूहरुलाई नबोलाइएको उल्लेख गर्दै उनले नयाँ परिस्थितिमा छलफल गर्न बोलाउँदा जाने बताए । तर, सहकार्यको सन्दर्भमा फेरि समीकरण भत्किने/नभत्किने सुनिश्चितता खोजिने उनको जवाफ छ ।

‘अबको सहकार्यका सन्दर्भमा फेरि समीकरण भत्किएला वा नभत्किएला भन्ने हेरेर मात्रै निर्णय लिन्छौं’, रास्वपा सभापति लामिछानेले अनलाइनखबरसित भने ।

मुलुकमा राजनीतिक स्थिरता प्रदान गर्न र सुशासनमा काम गर्न विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको तर, ठूला दलहरुबीचको किचलोका कारण आफूहरु सरकारबाट बाहिरिनु परेको उनको भनाइ छ । ‘जनमत प्रतिपक्षमै बस्ने थियो । तर, भ्रष्टाचारको फाइल खोल्नेदेखि सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा स्पिरिट मिल्ने भयो । त्यस अनुसारको मन्त्रालय माग्दा पनि पायौं र गएका हौं’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP