मंगलबार , बैसाख २९, २०८३

पोखरा /चन्द्र प्रकाश गुरुङ्ग
कास्की जिल्लाको माछापुच्छ्रे गाउ पालिका – १ घाचोक गॉउ निवासी पिछडिएका बिपन्न बर्गका परिवारलाई ताओ एशोसियसन अफ नेपालको तर्फबाट न्यानो कपडा सिरक बितरण गरियो। स्थानीय ताओ गुरु कपतान देवी प्रसाद गुरुगं को ८४ पुजाको शुभअबसरमा आमन्त्रित प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुगबाट लक्षित १० परिवारलाई सिरक प्रदान गरियो। ताओ सदस्य र गुरुहरुको सामुहिक प्रयासबाट प्रत्येक बर्ष ४००-५०० बिपन्न बर्गलाई बिभिन्न ताओ मन्दिरहरुमा बिशेष कार्यक्रम आयोजना गर्दै न्यानो सिरक बितरण गर्दै आएको छ।

गत माघ २२ गते सम्मपन्न उत्त सिरक बितरण कार्यक्रम स्थल श्री देवी प्रसाद मैत्रेय शान्ति गुम्बा (ताओ मन्दिर) रहेको २ रोपनी भन्दा बढी जमीन ताओ एशोसियसनलाई कप्तान देवी प्रसाद गुरुगंले निःशुल्क दान गरेकाहुन।

गुरु डिप्सुंग रिम्पुछेको बिशेष उपस्थितमा कप्तान देवी प्रसाद गुरुगं र श्रीमती सीतादेवी गुरुगं को संयुक्त ८४ पुजा सम्पन्न गरियो। करीब २५० जना भन्दा बढी सहभागिहरुले गुरु रिम्पुछेबाट वांग ग्रहण गरे भने ८४ पुगेका गुरुगं जोडीबाट आशिर्बाद र दान दक्षिणा ग्रहण गरे।

ताओ गुरु देवी प्रसाद गुरुगं एक परिचित सामाजिक ब्यक्तित्व हुन। उहॉले जीवनको ८४ बर्षसम्मा भोगेका अनुभवहरुको संगालोको रुपमा तयार पारिएको पुस्तक “क्या. देवी प्रसाद गुरुगं- जीवनका अनुभुतिहरु” पनि सोही अबसरमा गुरु रिम्पुछेबाट बिमोचन गरियो।

आफन्तजन र ताओ सदस्यहरुबाट संयुक्त रुपमा ब्यबस्थापन गरिएको यस ८४ पुजा बिशेष देखिएको आमन्त्रित सहभागिहरुले बताए। कार्यक्रमलाई ताओ गुरु प्रकाश भट्टराईले उद्घोष गर्नु भएको थियो , उहॉले उद्घोषणको क्रममा ताओ दर्शनको असल पक्षहरु र देवी प्रसादको प्रशंसा समेत गर्नु भयो। शुभकामना दिने क्रममा ताओ एशोसियसन अफ नेपालका अध्यक्ष तारा आचार्यले ताओ दर्शन र शिक्षा बाट हामीले नयॉ जीवन पाउने जसमा असल गुणमात्रै रहने बताए। अन्य बक्ताहरु ताओ गुरु आनन्द दहाल र ८४ बर्ष पुगिसकेका ताओ गुरु कप्तान लाल प्रसाद गुरुगं ले पनि ताओ दर्शन र शिक्षाले मानव जीवनमा खेल्ने प्रभावकारी भुमिका प्रष्टपर्दै यसको ज्वलन्त उदाहरण देवीप्रसाद भएको बताए। गुरु देवी प्रसाद गुरुगंको तोओ जीवनशैली बाट सिक्नु पर्ने प्रसंशनीय कुरा धेरै भएको र उहॉबाट आफुहरुलाई प्रेरणा मिलेको बक्ताहरुले बताए।

कार्यक्रमको अन्तिम चरणमा एक छुट्टै ताओ बिधिअनुसार पुजा आयोजना गरि ताओ गुरु देवी प्रसाद गुरुंग बाट १० जना आफन्तजन र नातेदारहरुले टीका ग्रहण गरे।टीका ग्रहण भनेको उत्तदिनबाट औपचारिक रुपमा ताओ शिक्षा संग परिचित भाई औपचारिक रुपले सदस्य बन्नु हो। कार्यक्रमलाई सहज पार्न बौद्ध दर्शनका प्राध्यापक पुष्प बहादुर गुरुगं को उपस्थिति रहेको थियो उहाले नै “जीवनका अनुभूतिहरु “ पुस्तक लाई सम्पादन गर्नु भएको थियो। सम्पुर्ण औपचारिक कार्यक्रम समापन पछि गुरुगं दाम्पत्तीले आफ्नो क्षेत्रका सम्पुर्ण सामाजिक संघसंस्था र बिधालयहरिलाई आर्थिक दान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP