मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ । सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकेकि रहेको बेला रबि लामिछाने नेतृत्वको. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारवाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन ।

जसअनुसार हालसम्म बिस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् । सत्तारुढ गठबन्धन दलहरुको बिचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि बन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन ।

यसैवेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपा बिचमा गृह मन्त्रालयमा कुरा नमिले पछि सो पार्टी प्रचण्ड सरकारवाट गत आइतवार बाहिरिएको थियो । सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता बिबादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसाला गरिदिए पछि लामिछाने जिम्मेवारीवाट मुक्त हुनु परेको थियो ।

लामिछानेले आफुले सम्हाल्दै आएको मन्त्रालय आफुले पाउनु पर्ने र नपाए पुर्व सहमति अनुसार पार्टीलाई दिनु पर्ने लामिछानको मागलाई अस्विकार गरे पछि आइतवार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिने निर्णय लिएको थियो ।

सो पार्टी सरकारवाट बाहिरिने निर्णय सँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको बन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनु परेको हो । जसकारण २५ सदस्सीय मन्त्रीमण्डलमा हाल २ जना राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्र्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्वबिहिन अवस्थामा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP