मंगलबार , बैसाख ३०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्तिजनक, अशोभनीय र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए। उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए। लामिछानेको उक्त अभिव्यक्ति धम्कीपूर्ण रहेको भन्दै महासंघले निन्‍दा गरेको हो।

‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्छ। साथै आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्छ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनाले स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघले जनाएको छ।

‘संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्छ।’

यस्तै अभिव्यक्तिले कुनै अप्रिय घटना भएमा लामिछाने र उनको पार्टीले जिम्मेवारी लिनुपर्ने महासंघको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP