मंगलबार , बैसाख २९, २०८३

यो नेपाली शिर उचाली सन्सारमा लम्किन्छ,
जुनकीरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ।।
साच्चै नेपालीहरु सन्सारको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो कला , सस्कृती र पहिचानलाई विश्व सामु चिनाएका मात्र छैनन् कि आफुलाइ अब्बल साबित गर्न समेत पछि परेका छैनन् ।

सन्दर्भ हो अष्ट्रेलियाको नर्थ टेरिटाेरिमा अवस्थित Darwin शहरमा बसोबास गर्ने नेपालीहरु अर्थात NRNA- NT ले आयोजना गरेको नेपाल फेस्टिबल 2022 मा भएकाे ऐतिहासिक कार्यक्रमले Community Activity of the Year Award प्राप्त गर्न सफ़ल भएकाे छ।

जुन फेस्टिबलमा १०,००० भन्दा बढी दर्शकहरुकाे सहभागीता थियो भने ३०० भन्दा बढी स्वयमसेवक खटेका थिए। नेपाली भाषा , नेपाली भेषभुषा, नेपाली खाना र बिबाह, पुजापाठमा प्रयोग गरिने मन्दिर जगिया बनाइ नेपाल र नेपालीपन झल्किने कला र सस्कृतीको समेत झाकिहरु प्रदर्सनमा राखिएकाले पनि यसपालिको community activity award का लागि Darwin City को रोजाईमा पर्न नेपाल कम्युनिटी सफल भएकाे हाे।

Darwin City ले एक कार्यक्रमको आयोजना गरि उक्त Award प्रदान गर्ने कार्यक्रमा NRNA NT र NANT का अध्यक्ष द्वय बिष्णु चापागाईं र आशिष कट्टेल लगायत संगठनका अन्य सदस्यहरुकाे समेत उपस्थिति रहेकाे थियाे। नेपाल फेस्टिवल २०२२ को संयोजक भने NRNA -NT उपाध्यक्ष संजिव गोर्खाली थिए।  

साथै Citizen of the year award, Kaye Talbot ले प्राप्त गरेकी छन भने Young citizen of the year winner, Erica Mae Lu भएकी छन ।
सबै बिजेतालाई  हरुलाई पुराखबरका तर्फबाट धेरै धेरै बधाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP