मंगलबार , अषोज २७, २०८३

नेपाली समुदायका विचमा माघ १ अर्थात माघे संक्रान्ती पर्व विषेश महत्व राख्दछ । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् । विभिन्न जाति समुदायले विभिन्न नाम विशेषमा माघे संक्रान्ती मनाउने गर्छन् । यो दिन मगर, थारु, नेवार, व्राहम- क्षेत्री समुदायका विशेष चाड जसलाई सिङ्गो नेपाली समुदायले हर्ष उल्लासका मनाउने गर्दै आएका छन् ।

मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ। यस पर्वको अवसरमा मगर समुदायका मानिस सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ। यहि क्रममा माघ १ अर्थात जनवरी १५ मा अस्ट्रेलियाको उत्तरी भागमा पर्ने डार्विन शहरमा  NANT, NRNA-NT र नेपाली अभिभावक हरु मिलि माघे संक्रान्ती-२०२३ मनाउने भएको छ ।

स्थानिय फिलिपिनो सामुदायिक भवनमा आयोजना गरिने कार्यक्रम दिनको तिन बजेबाट सुरु भइ साझको सात बजे सम्म चल्ने छ। कार्यक्रममा माघे संक्रान्तीको दिन पाक्ने परिकार बनाइ, खाने संगै खेलकुदको पनि आयोजना गराउने NANT का अध्यक्ष आशिष कट्टेलले पुराखबरलाइ जानकारी दिए।

NRNA- NT संयोजक बिष्णु चापागाई पनि यो कार्यक्रम गर्न पाउदा निकै खुशी लागेको र नेपाल र नेपाली संस्कृतिको मामलामा निकै आगाडी रहेकोले, हरेक चाडपर्व मिलेर मनाउन पर्ने  हुदा सबैलाई उपस्थित भइ कार्यक्रम सफल बनाइदिनु हुन हार्दिक अनुरोध गरे।

प्रवेश नि शुल्क रहेको कार्यक्रममा आफ्ना बालबालिका र परिवार सहित उपस्थित भएर नेपाली संस्कृति र संस्कार बारेमा प्रत्यक्ष साक्षात्कार गर्न र गराउन हुन अभिभावक चिरन बरालले पनि अनुरोध गरेका छन् । उनले प्रवासमा नेपाली परिचय बनेका सांस्कृतिक पक्षका बारेमा हुर्केका बालबालिकाहरुलाइ  बढि भन्दा बढि जानकारी दिन आवश्यक रहेको समेत बताए ।

Swosthani Barta katha 8th Episode

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP