मंगलबार , अषोज २७, २०८३

भुतपुर्व खेलाडी मन्चले १७औं सफल पोखरा अन्तराष्ट्रीय म्याराथोन सम्बन्धी जानकारी दिन र आफ्नो संस्थाले हाल सम्म गर्दैआएका गतिबिधिबारे अष्ट्रेलिया स्थित नेपालीहरुलाई जानकारी दिन यही जनवरी १३ तारीख सुक्रबार नेपाली समय अनुसार अपरान्ह ३ बजे जुम बैठक सन्चालन गरेको थियो। उत्त बैठकलाई १७औं सफल पोखरा अन्तराष्ट्रीय म्याराथोन २०७९ मुल आयोजक समितिका मुख्य सचिव हरिप्रसाद पराजुलीले सन्चालन गर्नु भएकोथियो। बैठकमा मुल आयोजक समितिका अन्तराष्ट्रीय समन्वय समितिका संयोजक तेजबहादुर गुरुगंले सहभागि हरुलाई स्वागत गर्दै पोखरा म्याराथोनको ईतिहॉस र हालसम्मको प्रगति बारे प्रष्ट जानकारी दिनु भयो । साथैआयोजक संस्था भु. पु . खेलाडि मन्चले खेलकुद क्षेत्रमा गरेको योगदान, बिशेषगरि पोखरा रंगशाला बिस्तार क्रममा बिदेशमा रहनु हुने खेलप्रेमी नेपाली हरुको भुमिका बारे चर्चा गर्नु भयो।

जुम बैठकमा सहभागि सबैजनाले पोखरामा यति ठुलो दौड प्रतियोगिता हुदै गरेकोमा गौरव लागेको र आफुहरु पनि यसमा जोडिन आवश्यक कदम चाल्न ढिला नगर्ने बताए। सोहीक्रममा बोल्दै गैह्र आवसिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुगंले यस बिषयको जानकारि बाट आफु अत्यन्तै उत्साही भएको र ब्यक्तीगत रुपमा र संस्थागतरुपमा सहयोग गर्ने प्रतिबद्धता गरे। साथै अष्ट्रेलिया भरि छरिएर बसेका सबैलाई पोखरा अन्तराष्ट्रीय म्याराथोनबारे ईमेल मार्फत जानकारी पठाईसकेको बताए। त्यसैगरि एन आर एन ए अष्ट्रेलियाका राज्य संयोजकहरु तथा उपाध्यक्ष देब गुरुंग , बिष्णु चापागाई र पुर्व उपाध्यक्ष नीरज गुरुगंले पनि आयोजक संस्थाको कार्यहरुको प्रसंसा गर्दै आफ्नो तर्फबाट पनि सहयोग र संगलग्नता रहने बताए ।

केहिदिन अगाडि डार्विन निवासी चन्द्रप्रकाश गुरुगंलाई अष्ट्रेलिया संयोजक तोकिएको थियो। उनी डार्विन स्थित CITY2SURF का लागि भागलिने नेपालीहरुको टीम TEAM NEPAL का संयोजक पनि हुन। गुरुगंले सहभागी सबैजनालाई धन्यबाद दिदै सबैले यस बृहत ईभेण्टलाई अपनत्व लिई सहज र सफल पार्न अनुरोध गरे। स्वयम आफै र श्रीमती पनि दौडमा भाग लिने र अष्ट्रेलियाबाट नेपाली र बिदेशि गरि सक्दो धेरै धावकहरु लिएर पोखरा आउने प्रयासमा रहेको बताए।

बैठकको अन्तिम तिर आयोजक संस्था भु पु खेलाडि मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सल्लाहकार महेश गुरुङ, सेलिव्रेटी संयोजक निरज थापा लगायतले पोखरा म्याराथनले विश्वमा रहेका नेपालीहरुलाई खेलकुदप्रति आकर्षण जगाउन खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
१७औं सफल पोखरा अन्तराष्ट्रीय म्याराथोन २०७९ लाई भब्य सफल्ताको लागि पुराखबर हार्दिक शुभकामना ब्यक्त गर्दछ।

सहभागिताको लागि तलको लिंकमा जानुहोला ।
https://pokharamarathon.org/about-event/register/

Pokhara Marathon – Run for Health, Run For Pokhara

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP