मंगलबार , बैसाख २९, २०८३
Maत्यसाे त नेपाली समुदाय जहाँ जुन ठाउँमा जुन देशमा रहे पनि आफ्नो पहिचान, आफ्नो संस्कृति र आफ्नो देशको हरेक विषयलाई स्थापित गर्न कहिँ चुकेका छैनन् । दशै तिहार लगायत विभिन्न चाडपर्वहरु त बडो हर्ष उल्लासका साथ बिदेशमा मनाएका कुरा त हामीले सुनेको, जानेको र देखेको कुरा नै भयो। त्यती मात्र नभएर अन्य विभिन्न खेलकुदमा समेत नेपालीहरुको सहभागिता र उनीहरुको दक्षता हेर्दा बिदेशी नागरिकहरु पनि तीन छक पर्ने गरेका छन।
यसै परिप्रेक्ष्यमा अष्ट्रेलियाको उत्तरी खण्ड Darwin मा बसोबास गरिरहेका नेपालीहरुको समुदायले नेपालको राष्ट्रिय खेल भलिबल हो भनेर दुनियाँको माझ स्थापित गराउन र नेपाली खेलाडीको खुवीको समेत पहिचान गराउन यहि December 17 र 18 तारिख्का दिन Darwin स्थित नेपाली सस्था NANT , Nepali Volleyball club Darwin र NRNA NT को समयुक्त आयोजनामा यहाँ बसोबास गर्ने नेपाली युवाहरूले तयार गरेका विभिन्न नामका छ वटा भलिबल टिमका बिच प्रतिस्पर्धा गराएर एक भब्य कार्यक्रम भर्खरै सम्पन्न गरेको छ।
त्यती मात्रै न भएर नेपाली महिलाहरुको छुट्टै टिम बनाई उनीहरुलाई खेलमा सहभागी गराइ प्रोत्साहन गर्ने काम समेत गर्ने गरेको र महिलाहरुको पनि राम्रो टिम बनेकाे यसपालिको सहभागिताले देखाएको छ।
17 र 18 मा भएको उक्त खेलमा 17 तारिखमा विभिन्न भलिबल क्लब बीच प्रतिस्पर्धा गराइ 18 तारिखका दिन सेमिफाइनल, तेस्रो दोश्रो र प्रथम खेलको लागि प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा सनराइज भलिबल क्लबले तेस्रो स्थान प्राप्त गरि कास्य पदक जित्न र ट्रफि चुम्न सफल भयो भने खप्तड भलिबल क्लब दोस्रो भएको थियोे । अतिनै प्रतिस्पर्धात्मक best up five को खेलमा लगातार तीन गेम जितेर प्रथम उपाधी जित्न सफल हिमालयन भलिबल क्लबको खेल अतिनै रोमान्चित र हेर्न लायक भएको प्रतिक्रिया दर्शहरुको थियो।

 

हिमालयन भलिबल क्लब Winner

                 1st Runner up खप्तड भलिबल क्लब

                  2nd Runner up सनराइज भलिबल क्लब

अर्को रमाइलो कुरा त आफ्ना छोरा छोरी बुहारी नातिनातिना भेटन आउनु भएका ५० – ६० – ६५ वर्ष वरपरका अभिभावकहरुको खुशी र रमाइलोको लागि वहाँहरुकाे समेत छुट्टै दुइटा भलिबल team बनाई उक्त प्रतिस्पर्धाको दौरानमा अभिभावक  बीचमा प्रतिस्पर्धा गराउनाले कार्यक्रम थप रोमान्चित र आकर्षक भएको थियो।
Darwin को मरारा स्थित indoor stadium मा भएकाे उक्त खेलको अन्तिम दिन वा समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा खेलकुंद मन्त्री माननीय Kate Warden को उपस्थिति थियोे भने कार्यक्रममा प्रतिपक्ष नेता श्रीमति Lia Finocchiaro MCNT को  अध्यक्ष Dr Edwin Joseph र Multi – cultural minister कि सल्लाहकार जया श्रीनिभाशनकाे समेत उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि Warden ले नेपाली समुदायले देखाएको यो सामुहिकता र आफ्नो कल्चरलाई संरक्षण गर्न गरेकाे वहाँ हरुकाे म सदैव प्रसम्सक रहदै आएको र यो खेलकुँदमा तपाईंहरुकाे सहभागीता देख्दा आफू झन उत्साहित भएकाे र याे कार्यक्रम मा सहभागी हुने माैका दिनु भएकाेमा आयाेजक टिमलाई धेरै धेरै धन्यवाद भन्दै आफ्नाे भनाइ राख्नु भएकाे थियाे भने प्रमुख अतिथि र अतिथिहरुका हातवाट खेलाडीहरुलाइ, रेफ्रीहरुलाइ मेडल तथा ट्रफि प्रदान गरिएको थियो ।
खेलको दौरान सबै प्रबन्ध मिलउन लागि परेका भलिबल खेलका संयोजक भवानि पौडेल पुराखबरलाइ समय दिदै भन्नुहुन्छ,  “यो खेल नेपालको रास्ट्रिय खेल भनेर पहिचान दिन र नेपाली नेपाली बीच भाइचराको बिस्तार गर्न आयोजना गरेका हौ।  यो खेल लाइ सफल बनाउन सहयोग गर्ने NT Government, NANT र NRNA -NT  लाइ बिशेष धन्यबाद दिन चाहन्छु।”
कार्यक्रममा NANT का निवर्तमान अध्यक्ष युवराज पन्तलाई पनि मायाकाे चिनाेले सम्मान गरिएकाे थियाे। कार्यक्रमकाे सहजीकरण तथा सन्चालन NANT का अध्यक्ष आशिष कट्टेलले सहयोगी सबै खेलाडी, रेफ्री, स्पाेन्सर, अभिभावक, दर्शक तथा प्रमुख अतिथि र सम्पुर्ण अतिथिहरुलाई मनै देखि धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP