शुक्रबार , असार १२, २०८३

लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने बताएका छन् । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोखा दिएको आरोप लगाए ।

ओली बाध्य भएर मात्रै संविधान बनाउन मानेको उल्लेख गर्दै संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाए । उनले भने, ‘उनले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् । हामीले त्यसको प्रतिवाद गर्‍यौं । राष्ट्र र जनताको लागि गठबन्धनलाई अध्याधिक बहुमतले जिताउन जरुरी छ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन । उपलब्धिमाथि खतरा रहेसम्म १०-१५ वर्षसम्म जावस् । अब अर्को प्रयोग हुँदैन ।’
उनले ओलीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको बताउँदै अब फेरि मिल्न नजाने प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP