मंगलबार , बैसाख २३, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्त र मित्र वर्गको सहयोग पाइने नै छ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा पनि प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजारमा रुचि पनि बढ्ने छ ।

jagdamba.cement
nepal liquors
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । शिक्षामा सफलता पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । नियमित खर्च समेत बढ्ने योग छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । छोटो दूरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ । साना तिना समस्यामा अल्झनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी आफ्नो अनुभवले निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम रहने छ । तपाईले आरोह अवरोहको सामना गर्नु पर्नेछ । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP