मंगलबार , भाद्र १६, २०८३

बुटवल ।रोटरी क्लव अव बुटवलमा प्रवेश गर्ने नयाँ सदस्यहरुको क्लव इन्डक्सन कार्यक्रम एवं १४ सय ३४ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ ।

क्लव इन्डक्सन कार्यक्रममा क्लवका एसिष्टेन्ट गभर्नर दिनेश पौडेलले रोटरी विश्वभर सञ्जाल भएको सामाजिक संस्था भएको चर्चा गर्दै रोटरी क्लव अफ बुटवलले पनि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताए ।
उनले क्लवमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई क्लवले लिएको लक्ष्य र उद्देश्य अनुरुप स्वार्थ भन्दा माथि उठेर सेवाभावमा सहकार्य गर्न आग्रह गरे ।

यो वर्ष रोटरी क्लव अफ बुटवलमा १२ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा क्लवका अध्यक्ष बोनिन पियाले विवरण प्रस्तुत गरेका थिए । नयाँ सदस्यता प्राप्त गर्नेहरुमा मन्जु भुसाल, उमेश श्रेष्ठ, सुमन श्रेष्ठ, धनकुमार श्रेष्ठ, डा. लेखजंग थापा, कपिल ढकाल, सावित्रा टण्डन, मित्रलाल न्यौपाने, दिपक लिगल, सर्जुनारायण श्रेष्ठ, अनिलकुमार कलवार र अशोक प्रधान रहेका छन् ।

क्लवमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई रोटरीको पिन प्रदान गरिएको थियो । रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा एजि दिनेश पौडेलका साथै क्लवका पुर्व अध्यक्ष विन्ध्याकेशर जोशी, भाइस प्रेसिडेन्ट कृष्ण पराजुली, मधुप्रसाद अर्याललगायतले रोटरीको लक्ष्य, उद्देश्य, सामाजिक क्षेत्रमा यसले खेलेको भूमिका, अन्तर्राष्ट्रियस्तरमा यसको सञ्जाल लगायतका बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराएका थिए । त्यस अवसरमा नयाँ सदस्यहरुको तर्फबाट मन्जु भुसालले रोटरीमा प्रवेश गरेसँगै अव यसका गतिविधिहरुमा निरन्तर सक्रिय हुने र यसका बारेमा सिक्दै अगाडि बढ्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP