मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । अस्ट्रेलियासँगको दोस्रो टी-२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गए राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

जितसँगै ३ खेलको टी-२० श्रृङ्खलामा एक/एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए ।

विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो ।

अस्ट्रेलियाका म्याथ्यु वेडले २० बलमा अविजित ४३ रन बनाए । कप्तान आरोन फिन्चले ३१ तथा स्टेभन स्मिथले ८ रन बनाए । भारतका लागि अक्षर पटेलले २ तथा जस्प्रित बुमराहले १ विकेट लिए । पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी-२० खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP