शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । इङ्रल्याण्डसँगको दोस्रो टी-२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित हात पारेको छ । गए राति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो ।

इङ्ल्याण्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकासहित १ सय १० रनको शतकीय पारी खेले ।

टी-२० मा यो उनको दोस्रो शतक हो । त्यस्तै रिजवानले ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनको अर्धशतकीय पारी खेले । कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इङ्ल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका कप्तान मोइन अलिले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए । पाकिस्तानको टी-२० क्रिकेटमा १० विकेटको जित यो दोस्रो पटक हो । यसअघि टी-२० विश्व कपमा पाकिस्तानले भारतलाई हराएको थियो ।

टी-२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो । जितसँगै ७ खेलको टी-२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको थियो । इङ्ल्याण्ड र पाकिस्तानबीचको तेस्रो टी-२० खेल शुक्रवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP