मंगलबार , बैसाख २९, २०८३

बुटवल। रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिको आयोजनामा बुटवलमा नया बाईक लन्च गरिएको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले दुई पाग्रे सवारीमा ग्राहकको रोजाईको पहिलो नम्बरमा पर्ने बजाजको तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी पल्सर एनएस १ सय २५ सिसि बाईक लन्च गरे ।

भैरव अटो मोबाईल्स प्रालिका अध्यक्ष गोपाल बहादुर पोखरेलले बजाजको दशैतिहार विशेष अफर शुरु भएको जानकारी गराए । बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । बाईकको बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।

भैरव अटोमोबाईलका संचालक कपिल खड्काले बताए । कम बजेटमा उत्कृष्ट सिरिजको लुक्स भएको उनको दाबी गरे । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे बिक्रीवितरण हुँदै आएको छ ।

कार्यक्रममा भैरवका संचालक कृष्ण बहादुर खड्का, ठाकुर खड्का क्षेत्री, बिनिप्रसाद भारी, बजार म्यानेजर सुबिन भारीले बजाज सम्बन्धि राखिएको क्विज प्रतियोगितामा सहि जवाफ दिने दर्शकलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।

चर्चित गायक प्रमोद खरेल र टीका प्रसाईले शनिबार बुटवल झरिमा दर्शकलाई नचाएका छन । एक त झरि अर्को विश्वकर्मा पुजाको दिन राखिएको बजाज पल्सर एनएस १ सय २५ सिसि लन्च कार्यक्रममा गायक प्रमोद खरेल र गायिका टीका प्रसाईले नचाए ।

कार्यक्रममा गायिका टीका प्रसाईले नाई मलाई थाहा छैन, तिम्रो आखा गाजलेले नहेर मलाई लाज, गायक प्रमोद खरेलले म बाचेकै तिमिसंग माया लाउन हो, ओए झुमा झुम्कावाली, चाहिदैन तिमी बिनाको, यो कुरा गोप्य नै राखौला, गाएका थिए । यता सुमन कार्कीले उदघोषणसंगै क्यारिकेचर प्रस्तुत गर्दै दशर्कलाई हसाए । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाईजन अन्तरगतको हंसराज हुलास चन्द एण्ड कम्पनीले देशका विभिन्न शहरमा सागितिक कार्यक्रममार्फत नया बाइक लन्च कार्यक्रम बुटवलमा पनि भएको हो । पुर्व बिर्तामोडदेखि शुरु गरेर ईटहरी, जनकपुर, भरतपुर, बुटवल हुदै नेपालगंजमा पुगेर कार्यक्रम समापन हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP