मंगलबार , बैसाख २९, २०८३

लण्डन । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन् । मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।

लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतियको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्रीको स्वागतको लागि नेपाली जनम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP