आइतबार , असार १, २०८२

बेलायत । ज्याक ग्रेलिसले सिजनको पहिलो गोल गर्नुका साथै एर्लिङ हल्यान्डले कीर्तिमानी गोल यात्रा कायम राख्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार १० खेलाडीमा समेटिएको उल्भ्सलाई ३-० ले पराजित गर्‍यो ।

मोलिनेक्समा पेप ग्वार्डिओलाको टोलीलाई खेलमा अग्रता लिन ५६ सेकेण्ड मात्र लागेको थियो । गत सिजनमा एस्टन भिल्लाबाट आएयता संघर्षरत ग्रेलिसले १ मिनेट पनि नबित्दै सिटीको खाता खोलेका थिए । २२ वर्षे हल्यान्डको कहानी ग्रेलिसको भन्दा फरक छ ।

बोरुसिया डर्टमन्डबाट ५ करोड ८० लाख डलरमा यसै सिजन आएका हल्यान्डले सबैखाले प्रतियोगिताको १० खेलमा १४ गोल गरिसकेका छन् । प्रिमियर लिगमा ७ गोल गरिसकेका हल्यान्डले सन् २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएयता ९९ खेलमा १ सय गोल गरिसकेका छन ।

ग्रेलिसको पेटमा किक बजारेपछि नथान कोलिन्सले ३३ औं मिनेटमा रातो कार्ड पाउँदा उल्भ्सको खेलमा फर्किने सबै सम्भावना समाप्त भइसकेको थियो । फिल फोडेनले ६९ औं मिनेटमा तेस्रो गोल गरे । फोडेन र ग्रेलिसको गोलमा कप्तान केभिन डी ब्रुयनले सहयोगी भूमिका खेले ।

अपराजित च्याम्पियन सिटीले आर्सनललाई २ अंकलाई पछाडि पार्दै शीर्षस्थानमा उक्लेको छ । सिटीले ७ खेलमा ५ जितसहित १७ अंक जोड्दै ६ वर्षमा पाँचौं पटक प्रिमियर लिग जित्ने बलियो संकेत दिएको छ । आइतबार ब्रेन्टफोर्डसँग खेल्ने आर्सनलको ६ खेलमा १५ अंक छ । शुक्रबार एस्टन भिल्लाले साउथ ह्याम्पटनलाई १-० ले पराजित गरी व्यवस्थापक स्टेभन जेरार्डमाथिको दबाब कम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP