मंगलबार , अषोज २७, २०८३

बेलायत । ज्याक ग्रेलिसले सिजनको पहिलो गोल गर्नुका साथै एर्लिङ हल्यान्डले कीर्तिमानी गोल यात्रा कायम राख्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार १० खेलाडीमा समेटिएको उल्भ्सलाई ३-० ले पराजित गर्‍यो ।

मोलिनेक्समा पेप ग्वार्डिओलाको टोलीलाई खेलमा अग्रता लिन ५६ सेकेण्ड मात्र लागेको थियो । गत सिजनमा एस्टन भिल्लाबाट आएयता संघर्षरत ग्रेलिसले १ मिनेट पनि नबित्दै सिटीको खाता खोलेका थिए । २२ वर्षे हल्यान्डको कहानी ग्रेलिसको भन्दा फरक छ ।

बोरुसिया डर्टमन्डबाट ५ करोड ८० लाख डलरमा यसै सिजन आएका हल्यान्डले सबैखाले प्रतियोगिताको १० खेलमा १४ गोल गरिसकेका छन् । प्रिमियर लिगमा ७ गोल गरिसकेका हल्यान्डले सन् २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएयता ९९ खेलमा १ सय गोल गरिसकेका छन ।

ग्रेलिसको पेटमा किक बजारेपछि नथान कोलिन्सले ३३ औं मिनेटमा रातो कार्ड पाउँदा उल्भ्सको खेलमा फर्किने सबै सम्भावना समाप्त भइसकेको थियो । फिल फोडेनले ६९ औं मिनेटमा तेस्रो गोल गरे । फोडेन र ग्रेलिसको गोलमा कप्तान केभिन डी ब्रुयनले सहयोगी भूमिका खेले ।

अपराजित च्याम्पियन सिटीले आर्सनललाई २ अंकलाई पछाडि पार्दै शीर्षस्थानमा उक्लेको छ । सिटीले ७ खेलमा ५ जितसहित १७ अंक जोड्दै ६ वर्षमा पाँचौं पटक प्रिमियर लिग जित्ने बलियो संकेत दिएको छ । आइतबार ब्रेन्टफोर्डसँग खेल्ने आर्सनलको ६ खेलमा १५ अंक छ । शुक्रबार एस्टन भिल्लाले साउथ ह्याम्पटनलाई १-० ले पराजित गरी व्यवस्थापक स्टेभन जेरार्डमाथिको दबाब कम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP