मंगलबार , अषोज २७, २०८३

पाल्पा अशोज  -१

गायक तथा  गायिका  पुर्णकला बि.सी  र कुशल बेलबासेको स्वर रहेको  लोक तथा दोहोरि गित ‘ ए मुना ‘ सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित सङ्गितकार तथा गायक नन्दु परियारको शब्द रहेको ‘ए मुना’ गितलाइ गायक तथा सर्जक ओम सेन्चुरिले लेखेका हुन । परिवारको माया हुँदा हुँदै पनि विदेशिन बाध्य प्रेमि र प्रेमिका बिचको प्रेम र पिडाको कथालाइ समेटेर तयार पारिएको म्युजिक भिडियोमा कलाकार  तथा निर्देशक राजु महोत्रा र खुसि थापाले अभिनय गरेका छन । पछिल्लो समयका ब्यस्त सम्पादक दिपक बिस्टले सम्पादन गरेको गित ‘ए मुना’ लाई स्वभिमान कृयसनले बजारमा ल्याएको हो ।

पुर्बी पाल्पाको रामपुर नगरपालिका भित्रका बिभिन्न रमणीय स्थानहरुमा छायांकन भएको गित ‘ए मुना’ लाई चर्चित छायांकार करन चैसिरले खिचेका हुन । भिडियोमा सह निर्देशनको भार भने अनिश दवाडिले समालेका थिए । ‘हातैका पौजा’ ‘शनिशार’ जस्ता लोकप्रिय गितमा आफ्नो आवज दिइसकेका गायक कुशल बेलबासे  पछिल्लो समयमा रुचाइएका गायक हुन । सयौ हिट गित दिएर लोक दोहोरिको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्वप्रीय गायिका पुर्णकला बिसि र कुशल बेल्बासेको आवाज ले गित लाइ नयाँ उचाइ दिने निर्देशक राजु महोत्राक कथन थियो । पुरा खबर सङ्गको कुराकानीमा निर्देशक राजु महोत्राले आफु पुर्बि पाल्पाको प्राकृतिक सौन्दर्यताले मोहित भएको बताए । कला साहित्य तथा बिभिन्न डिजिटल प्ल्याटफर्म मार्फत पर्यटन तथा कला साहित्यको प्रबर्द्धन गर्न आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता पनी जायर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP