मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (शनिबार) बाट दशैं लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलितय पसल सञ्चालन हुनेछ । आजदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।

थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकबाट खाद्यान्न बिक्री हुने खाद्य व्यापार कम्पनीका बजार प्रमुख भीम थापाले जानकारी दिए । व्यापार कम्पनीका अनुसार दशैंलक्षित सहुलियत पसल उपत्यका बाहिर ३८ जिल्लाका ४१ केन्द्रबाट बजार सञ्चालनमा आउने भएको छ ।

थापाका अनुसार सबै प्रकारका चामल तथा दालमा प्रतिकेजी सात रुपैयाँ छुट दिइने भएको छ । त्यस्तै, विभिन्न प्रकारको तेल र अन्य खाद्य वस्तुहरू चिउरा, पिठोमा सात रुपैयाँ छुट दिइनेछ । खसी-बोकाको बिक्री घटस्थापनापछि राखिने भएको छ । थापाका अनुसार खसी र बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने भएको छ ।

६ करोड ४० लाखको खसी र च्यांग्रा ल्याइने
यसपटको दशैं-तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्यांग्रा ल्याएको थियो । कोभिड-१९ का कारण अघिल्लो वर्ष प्रभावित भए पनि यस पटक बढी खपत हुने अनुमान खाद्य व्यापार कम्पनीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP