बिहिबार , जेठ ३०, २०८२

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले एसिया कप ट्वान्टी-२० को उपाधि हात पारेको हो ।

दुबई अन्तर्राट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । उसका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, चामिका करुनारत्नेले अविजित १४ रन बनाउँदा वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका लागि हरिस राउफले ३ विकेट लिए भने निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए । १७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान १४७ रनमै अल आउट भयो । उसका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै, इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।

पाकिस्तानमाथिको जितसँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । त्यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP