शनिबार , मंग्सिर १३, २०८३

बुटवल । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनले हरिश ढकालको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पुर्वी रुकुम), बसन्त बिक (अर्घाखार्ची), असोक पौडेल कपिलबस्तु, बिमल पुरी (रुपन्देही) रहेका छन । यसैगरि अधिवेसनले सल्लाहकारहरु मनोज पौडेल (कपिलबस्तु), बसन्त गिरी (कपिलबस्तु), हरि शर्मा (नवलपरासी), सन्जय रिजाल (प्युठान), शम्भु पन्त (रुपन्देही) रहेका छन ।

एक समारोहका बिच शनिबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको महासचिव बिक्रम खड्काले उद्घाटन गर्दै फोटो पत्रकारीता पत्रकारीताको विधाको रुपमा रहेको बताए । फोटो पत्रकारीतामा लुम्बिनी प्रदेशको अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रुपमा लाग्न आग्रह गरे ।

महासंघका अध्यक्ष मनोज पौडेललले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माईन्युट हस्तान्तरण गर्दै आफनो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरुलाई संगठित गर्न सफल भएको बताए । महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रुपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई सुझाव दिए ।

कार्यक्रममा निर्वतमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारीताको विधाका रुपमा रहेको फोटो पत्रकारीतालाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले आफनो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिवद्धता जनाउदै फोटो पत्रकारीता तालिम तथा अन्तरक्रिया गर्ने बताए ।

यसैगरि अधिवेसनले चितवनमा हुने केन्द्रिय महाधिवेसनमा केन्द्रिय प्रतिनिधी चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्ने गरि अध्यक्षलाई अधिकार दिईएको छ । यसैगरि प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको ब्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने गरि जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP