मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ । जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो ।

पशुपति क्षेत्रमा राखिएका पसल र संरचनाले कुनै बेला निकै भीड हुने तथा दर्शनार्थीलाई दर्शन गर्नसमेत निकै कष्ट बेहर्नुपर्ने भए पनि महानगरपालिकाले शुक्रबारदेखि संरचना र पसश हटाएपछि खुला हुनुका साथै पशुपतिनाथको दर्शन गर्नका लागि निकै सहज भएको कैलालीबाट पशुपतिनाथ दर्शन गर्न आएका भक्तजन हिक्मतबहादुर साउदले बताए ।

पशुपति क्षेत्रमा जाथाभावी निर्माण गरिएका संरचना र पसहल महानगरपालिकाको टोलीले हटाएसँगै अब त्यहाँ राखिएका फुल प्रसाद बिक्री पसल पनि व्यवस्थित गरिन लागिएको पशुपति क्षेत्र विकास कोषका अध्यक्ष नारायण सुवेदीले बताए । उनले भने, ‘पशुपतिनाथमा दर्शनका लागि आउने भक्तजनको सहजताका लागि हामीले फुल प्रसाद बिक्री गर्ने पसल पनि बनाएका छौँ, अव्यवस्थित भएका त्यस्ता पसललाई व्यवस्थित रुपमा सटरमा राख्ने कामको सुरुवात भएको छ ।’

महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गर्ने पसललाई शुक्रबारदेखि हटाउन सुरु गरेको एकै दिनमा पशुपति क्षेत्र खुल्ला भएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले बताए । उनले भने, ‘गरेपछि के हुँदैन र ?, हामीले अवैध संरचना एकै दिनमा हटाउन सफल भएका छौँ, अहिले पशुपति क्षेत्र सुन्दर र सफा देखिएको छ ।’

पशुपति क्षेत्रमा अवैध संरचना हटाइएपछि त्यहाँ बाँकी रहेका जस्तापाता तथा अन्य काठपात हटाउनका लागि आज पुनः कर्मचारी खटिएका छन् । पशुपतिनाथ क्षेत्र ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूणर् स्थल भएकाले पनि यहाँ अवैध संरचना तथा पसल बीच बाटोमा सञ्चालन गर्न नहुने स्थानीयवासी बताउँछन् । पशुपतिनाथ मन्दिर दुई सय ४० हेक्टर जग्गामा फैलिएको छ । पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदाअन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ ।

सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । काठमाडौँ उपत्यकाकै प्राचीन धार्मिकस्थल प्रमाणित भएकाले र अति प्राचीन पूजास्थल, मठमन्दिर र मूर्ति तथा प्राचीन अभिलेखको अव्यस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्गहालय छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन् ।

वडा नं ८ का अध्यक्ष सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अबैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरिएको भए पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । अध्यक्ष सङ्गतका अनुसार पशुपति क्षेत्रसँगसँगै वडा नं ८ का सबै टोलमा निर्माण भएका संरचना र पसल हटाउने अभियान सुरु भएको छ ।

पटकपटक आग्रह गर्दा समेत पसल तथा व्यवसायीले नमानेपछि आफै स्थलगतरुपमा उत्रिएर संरचना हटाउन सुरु गरिएको उनँको भनाइ छ । वडा नं ८ मा निर्माण भएका पसल तथा संरचना व्यवसायीले आफै नहटाए वा यसलाई अवज्ञा गरे महानगरले सामान उठाएर लैजाने समेत अध्यक्ष सङ्गतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP