मंगलबार , भाद्र १६, २०८३

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । यसको लागि नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ ।

लामिछानेविरुद्ध एक नाबालिकाले मंगलबार आफुलाई पटक(पटक बलात्कार गरेको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । सन्दीप विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर हुन् ।

सन्दीप अहिले वेष्टइन्डिजमा छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्टइन्डिज पुगेका हुन् । सन्दीप पूर्वनिर्धारित तालिकाअनुसार नै केन्या भ्रमण छाडेर सिपिएल खेल्न वेष्टइन्डिज गएका हुन् । सन्दिप राष्ट्रिय टिमको कप्तानी गर्दै भदौ ६ गते केन्या गएका थिए । बालिकाको उजुरी अनुसार यो घटना सन्दिप केन्या प्रस्थान गर्नुअघिको रातको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP