मंगलबार , अषोज २७, २०८३

काठमाडौं । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले पराजित गरेको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो ।

सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना झिनो बनेको छ । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ५७ रनमा बनाए । त्यस्तै पाथुम निसंका ५२ रनमा आउट भए । भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे ।

श्रीलंकामा तीव्र बलर दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै चामिका करुणारत्ने र दासुन शनकाले २/२ विकेट लिए । भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल भोलि अफगानिस्तानसँग खेल्ने छ ।

आज अफगानिस्तान र पाकिस्तान खेल्दैछन् । पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ । अन्यथा भोलिको खेल जिते पनि भारत बाहिरिनेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP