सोमबार , बैसाख ८, २०८२

काठमाडौं । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले पराजित गरेको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो ।

सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना झिनो बनेको छ । जितका लागि १७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ५७ रनमा बनाए । त्यस्तै पाथुम निसंका ५२ रनमा आउट भए । भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन जोडे ।

श्रीलंकामा तीव्र बलर दिलशान मदुशनकाले ३ विकेट लिए । त्यस्तै चामिका करुणारत्ने र दासुन शनकाले २/२ विकेट लिए । भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल भोलि अफगानिस्तानसँग खेल्ने छ ।

आज अफगानिस्तान र पाकिस्तान खेल्दैछन् । पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ । अन्यथा भोलिको खेल जिते पनि भारत बाहिरिनेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP