बुधबार , बैसाख १७, २०८२

बारा । नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् ।

बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट । बारामा केन्द्रीय गुटको समीकरणभन्दा निकै फरक देखिएको छ । केन्द्रमा देउवा र सिटौला सँगै छन् । देउवा निकट सभापति राजेश राय यादव जिल्लामा चौधरीसँग छन् । मन्सुरले भने देउवा गुटका जिल्ला सभापतिबाहेकका अन्य नेतालाई साथमा लिएर हिँडेका छन् ।

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका आकांक्षीहरूको नामावली सिफारिस गर्ने क्रममा कांग्रेस बारामा विवाद भएको छ । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ-आफ्नो पक्षका नेताको नाम सिफारिस गरिएको छ ।

उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद भई दुई गुटको छुट्टाछुट्टै जिल्ला कार्यसमितिको बैठक बसेर नाम सिफारिस भएको कांग्रेस बाराका सचिव राजेश रौनियारले बताए । जिल्ला अध्यक्ष राजेश राय यादवले आफू अनुकूलका नाम सिफारिस गरेका छन् । अर्को समूहको उपसभापति मनोज भट्टलगायतका कार्यसमितिले फरक नाम सिफारिस गरेको छ ।

यादव पक्षले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । उपसभापति भट्ट समूहले सहमहामन्त्री चौधरीको नाम हटाउँदै प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयशंकर यादव, शम्भुबहादुर बुढाथोकी र शैलेन्द्रकुमार फौज्दारको नाम सिफारिस गरेको छ ।

यादव समूहले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । भट्ट समूहले प्रत्यक्षतर्फ रामअयोध्याप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ ।

सभापति यादव पक्षले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरको एकल नाम सिफारिस गरेको छ । भट्ट पक्षले मन्सुरसहित तीनजनाको नाम पठाएको छ । सो पक्षले ३ बाट मन्सुर, रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस गरेको छ ।

यादव पक्षले क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबुसिंह भूमिहार, कृष्णब्रत सिंह, इच्छाबहादुर वाग्ले र राजेश्वरप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ । भट्ट समूहले भने क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ लालबाबुसिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेवप्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP