सोमबार , भाद्र १५, २०८३

बारा । नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् ।

बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधरी कृष्णप्रसाद सिटौला निकट । बारामा केन्द्रीय गुटको समीकरणभन्दा निकै फरक देखिएको छ । केन्द्रमा देउवा र सिटौला सँगै छन् । देउवा निकट सभापति राजेश राय यादव जिल्लामा चौधरीसँग छन् । मन्सुरले भने देउवा गुटका जिल्ला सभापतिबाहेकका अन्य नेतालाई साथमा लिएर हिँडेका छन् ।

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका आकांक्षीहरूको नामावली सिफारिस गर्ने क्रममा कांग्रेस बारामा विवाद भएको छ । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ-आफ्नो पक्षका नेताको नाम सिफारिस गरिएको छ ।

उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद भई दुई गुटको छुट्टाछुट्टै जिल्ला कार्यसमितिको बैठक बसेर नाम सिफारिस भएको कांग्रेस बाराका सचिव राजेश रौनियारले बताए । जिल्ला अध्यक्ष राजेश राय यादवले आफू अनुकूलका नाम सिफारिस गरेका छन् । अर्को समूहको उपसभापति मनोज भट्टलगायतका कार्यसमितिले फरक नाम सिफारिस गरेको छ ।

यादव पक्षले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । उपसभापति भट्ट समूहले सहमहामन्त्री चौधरीको नाम हटाउँदै प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयशंकर यादव, शम्भुबहादुर बुढाथोकी र शैलेन्द्रकुमार फौज्दारको नाम सिफारिस गरेको छ ।

यादव समूहले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । भट्ट समूहले प्रत्यक्षतर्फ रामअयोध्याप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ ।

सभापति यादव पक्षले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरको एकल नाम सिफारिस गरेको छ । भट्ट पक्षले मन्सुरसहित तीनजनाको नाम पठाएको छ । सो पक्षले ३ बाट मन्सुर, रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस गरेको छ ।

यादव पक्षले क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबुसिंह भूमिहार, कृष्णब्रत सिंह, इच्छाबहादुर वाग्ले र राजेश्वरप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ । भट्ट समूहले भने क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ लालबाबुसिंह भूमिहार, इच्छाबहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेवप्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP