मंगलबार , भाद्र १६, २०८३

बुटवल । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । तिलोत्तमाको आमा समुहहरुलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले नमुना आमा समुहलाई वित्तीय साक्षरता दिइएको हो ।

तिलोत्तमा ३ को नमुना आमा समुहका महिला दिदी बहिनिहरुका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको र कार्यक्रममा प्रश्नोत्तर गराई बिजेतालाई उपहार समेत प्रदान गरिएको शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनाल र कर्जा प्रमुख किरण ज्ञवालीले जानाकारी गराइन ।

साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल अफिसर नारायण न्यौपाने र लाइबिटी डिपार्टमेन्टबाट अञ्जली केसिले आमा समुहलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानाकारी दिएका थिए ।

६५ जना बढी महिलाहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा सुचना प्रबिधीको युगमा डिजिटल बैंकिङ र वित्तीय साक्षरता बारे विशेष गरि महिला दिदी बहिनीलाई पनि जानकारी गराउन आवश्यक रहेको आमा समूहकी अध्यक्ष भगवती फुल्लेलले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP