सोमबार , जेठ २७, २०८२

बुटवल । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । तिलोत्तमाको आमा समुहहरुलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले नमुना आमा समुहलाई वित्तीय साक्षरता दिइएको हो ।

तिलोत्तमा ३ को नमुना आमा समुहका महिला दिदी बहिनिहरुका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको र कार्यक्रममा प्रश्नोत्तर गराई बिजेतालाई उपहार समेत प्रदान गरिएको शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनाल र कर्जा प्रमुख किरण ज्ञवालीले जानाकारी गराइन ।

साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल अफिसर नारायण न्यौपाने र लाइबिटी डिपार्टमेन्टबाट अञ्जली केसिले आमा समुहलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानाकारी दिएका थिए ।

६५ जना बढी महिलाहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा सुचना प्रबिधीको युगमा डिजिटल बैंकिङ र वित्तीय साक्षरता बारे विशेष गरि महिला दिदी बहिनीलाई पनि जानकारी गराउन आवश्यक रहेको आमा समूहकी अध्यक्ष भगवती फुल्लेलले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP