शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । केन्यालाई ६ विकेटले हराउँदै नेपालले तीन वान डेको श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा भएको अन्तिम खेलमा नेपालले १७ बल बाँकी तेस्रो खेल जितेको छ ।

केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक प्रहार गरेका थिए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७३ रनको साझेदारी गरेका थिए । आसिफले ५६ रन बनाए । त्यसैगरी अर्जुन र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेका थिए । अहमदले ५२ रन बनाए भने पौडेलले ४६ बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP