मंगलबार , अषोज २७, २०८३

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।
गए राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।

युनाइटेडका लागि मार्कस रासफोर्डले दुई गोल गरे भने एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका लागि बुकायो साकाले एक गोल गरे ।

जितसँगै अङ्क तालिकाको पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १२ अङ्क भएको छ । आर्सनल १५ अङ्कसहित शीर्ष स्थानमा नै छ । यस्तै गए राति नै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । जितपछि १३ अङ्क जोडेको ब्राइटन तालिकाको चौथो स्थानमा छ । एक अङ्क मात्र जोडेको लेस्टर २०औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP