मंगलबार , बैसाख २९, २०८३

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण गरिने भएको छ । भेटेनरी अस्पतालमा पाईने सेवा सुबिधा सहितको सेवा केन्द्र निर्माण गर्ने भवनको सिलन्यास गरिएको छ ।

नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टको आयोजनामा सेवा केन्द्र भवन निर्माण हुन लागेको हो । उक्त प्रोजेक्ट कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय र बिश्व बिकास बैकको संचालित आयोजना हो ।

अस्पताल भवनको गृहमन्त्री बालकृष्ण खांणले सिलन्यास गरेका छन् । भवन निर्माणका लागि बिश्व बिकास बैकको आर्थिक सहयोग रहने आयोजनाले जनाएको छ ।

उक्त परियोजना पशु सेवाको क्षेत्रमा नविन प्रबिधिको माध्ययमबाट पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व बृद्धि, मुल्य श्रृंखलाको बिकास गरी कृषकलाई उद्यमी बनाउन तथा ग्रामिण क्षेत्रका जनताको जिविको पार्जन एवं खाद्यन्न र पोषण सुरक्षामा काम गर्ने सस्था भएको आयोजना निर्देशक डा. उमेश दाहालले जानकारी दिए ।

उनले उक्त आयोजनाले देशका २८ जिल्लाका २८९ गाउँपालिका÷नगरपालिकामा काम गर्दै आएको बताए । आयोजनाको बुटवलस्थित कार्यालयले लुम्बिनी प्रदेशका सातवटा जिल्लामा काम गर्दै आएको आयोजना प्रमुख डा. गान्धीराज उपाध्यायले जानकारी दिए । प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, नवलपरासी र बर्दियाका ६९ वटा गाउँपालिका तथा नगरपालिकामा पशुपालक कृषकलाई लगानी गर्दै आएको डा. उपाध्यायले जानकारी दिए । आयोजनाले पशुपालक कृषकलाई खसीबोकाको मासु, गाई भैसीको दुध उत्पादनमा साना र मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्धेश्यले आयोजनाको तर्फबाट ५० प्रतिशत ( अधिकतम एक करोड) सम्म पुरक अनुदान दिने व्यवस्था गरिएको र त्यसका लागि कृषकले २० प्रतिशत र बित्तिय सस्थाको तर्फबाट ३० प्रतिशत लगानी गर्नु पर्ने प्रावधान राखिएको डा. उपाध्यायले जानकारी दिए ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले भेटेनरी अस्पताल निर्माण भएपछि सियारीबासी कृषकहरुको आर्थिक उपार्जनमा महत्वपुर्ण योगदान पुग्ने बताए । उनले किसानको सहजताका लागि सियारीमा उक्त अस्पताल निर्माण गर्न पहल गरिएको बताउदै अध्यक्ष घिमिरेले पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व बृद्धिमा ठुलो टेवा पुग्ने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा थारुले नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टले सियारीमा पशु हाट बजारको निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको जानकारी दिइन् । उनले भेटेनरी अस्पताल सियारीका लागि दोश्रो महत्वपुर्ण आयोजना भएको बताउदै यसले महिलाहरुको आर्थिक स्तर बृद्धिमा पनि टेवा पु¥याउने बताउदै उद्यमशिल बन्नलाई पनि टेवा पु¥याएको बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP