बुधबार , भाद्र १७, २०८३

बुटवल । नेवा पुचः नेवा समाज विकास परिषद् बुटवलका अध्यक्ष काजिमान श्रेष्ठको नेतृत्वमा पुन परिषद्को समिति अधिवेशनबाट गठन भएको छ ।

परिषद्को अध्यक्षमा पुन काजिमान श्रेष्ठ , वरिष्ठ उपाध्यक्षमा कल्याणी लाकौल , उपाध्यक्षमा रविन्द्र कक्षपति , सचिवमा लक्ष्मी श्रेष्ठ , कोषाध्यक्षमा चिरञ्जीवी श्रेष्ठ , सह- सचिवमा मोति श्रेष्ठलाई निर्विरोध चयन गरिएको छ। यस्तै, सदस्यमा दिल्ली कुमारी श्रेष्ठ , अजय श्रेष्ठ ,हिरा कुमारी श्रेष्ठ , निर्मला श्रेष्ठ , दिब्य राज भण्डारी , शमा श्रेष्ठ , टुपला श्रेष्ठ , दिपक कुमार श्रेष्ठ , आनन्द भगत श्रेष्ठ , सीता श्रेष्ठ , विक्रम श्रेष्ठ , लक्ष्मी श्रेष्ठ चयन भएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका नगर प्रमुुख खेलराज पाण्डेले बुटवल भित्र रहेका जातजातीको संस्कृती संरक्षणमा बजेट छुट्टाएको बताउनु भएको छ ।

लोकतन्त्रको प्राप्ती पछि विभिन्न अधिकारहरु जातिय रुपमा प्राप्त भएको बताउदै नगर प्रमुख पाण्डेले भाषा, संस्कृती र बाध्यबाधन संरक्षणका लागि बजेट व्यवस्था गरेको बताउनु भयो ।

नेवा पुचः पुचः नेवा समाज विकास परिषद् बुटवलको २२औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेसन कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले बुटवलमा पहिलो पटक यसरी जातिय पहिचान ,भाषा र संस्कृत संरक्षणमा बजेट विनियोजन गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेवा समाजको पहिचानलाई बचाई राख्नु पर्ने बताएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान , एसईईमा उत्कृष्ट नतिजा ल्याउने विषेश छात्रवृत्ति प्रदान गरिएको थियो ।

नेवा : समाज अर्घाखाँची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठ , नेवा सेवा समाजका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ , भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठ लगायतले सुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP